Comments Add Comment

मलिका र कुन्साङको छल्किएको प्रेम

पछिल्लो समयकी हट केक मोडल हुन् मलिका महत्त । यस्तै, म्यूजिक भिडियोमार्फत आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका मोडल हुन् कुन्साङ बोम्जन । बिहिबार यी दुइले अभिनय गरेको ‘तिम्रो माया’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मलिका र कुन्साङ एउटै कारमा कार्यक्रम स्थलमा पुगेका थिए ।

कारबाट आफू झरेर कुन्साङले मलिकाका लागि ढोका खोलिदिए । यी दुबैले एउटै रंगको पहिरन लगाएका थिए । कार्यक्रम हल भित्र पनि एकसाथ यी दुई हात समातेरै प्रवेश गरे ।

कार्यक्रम अवधीभर यी दुइको निकटता पनि स्पष्ट झल्कियो । के तपाइको मन पनि कुन्साङसँग मिलेको हो भन्ने प्रश्नमा मलिकाले हाँस्दै भनिन्–‘हाम्रो जोडी जुराइदिनुभएको पनि निर्देशक राजेश पुमा राइले हो । मन मिलाइदिनुभएको पनि उहाँले नै हो ।’

मलिकाले कुन्साङको काम आफूले हेरेको र निकै मन परेको बताइन् । उनले, आगामी दिनमा पनि आफूहरुको जोडीलाई दर्शकले मन पराइदिने विश्वास व्यक्त गरिन् । कुन्साङले पनि दर्शकको माया आफूले पाउने र मलिकासँगको केमेष्ट्री रुचाइदिने विश्वास व्यक्त गरे । बजारमा मलिका र कुन्साङको प्रेम चर्चा चलिरहेको सार्वजनिक कार्यक्रममा देखिएको यी दुइको निकटताले चर्चालाई बल मिलेको छ ।

निशान भट्टराई र बेनिशा पौडेलको स्वरमा समावेश यो गीतमा मन्दिरा ढुंगेलको शब्द, दीपक शर्माको संगीत छ । कुन्साङ र मलिकाको अन्य केही भिडियो पनि रिलिजको तयारीमा छन् ।

 

तस्वीर सौजन्यः विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment