Comments Add Comment

केएमसीले नेपालमै पहिलो पटक रोवटिक सर्जरी सुरु गर्दै

२२ साउन, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सेवा सुरुआत गर्ने भएको छ ।

केएमसी अध्यक्ष डा. सुनिल शर्माले सुपर स्पेसियालिटीको हब बनाउँदै रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका जानकारी दिएका हुन् ।

केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको उनले बताए ।

न्यूरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उनका अनुसार यो सेवा दक्षिण एशियामा केएमसी अगाडि भारतको बेङ्लोरमा दुई वटा अस्पतालले मात्र ल्याएका छन् ।

‘हामीले दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं’ डा. शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment