काठमाडौं । माध्यमिक शिक्षा एसईई उत्तीर्ण भएपछि कक्षा ११ मा भर्नाको लागि केएमसी नेटवर्कअन्तर्गतको काठमाडौं मोडेल सेकेन्डरी स्कुल बालकुमारीमा बुझ्न आएका थिए, पाल्पाका पृथ्वीराज गैरे ।
एसईईमा ३.७० जीपीए ल्याएका उनी म्यानेजमेन्ट पढ्न चाहेकाले विषयबारे बुझ्न केएमसी आएका हुन् । ‘छात्रवृत्तिको लागि आवेदन दिएको थिएँ । त्यसबारे पनि बुझ्न आएको हुँ,’ उनले भने ।
केएमसीबारे सामाजिक सञ्जाल र सिनियर दाइहरूबाट थाहा पाएर उनी केएमसी बालकुमारीमा आइपुगेका हुन् । सोमबार दिउँसो केएमसी आएका उनलाई निर्देशक सुरेन्द्र सुवेदीले शैक्षिक परामर्श गरिरहेका थिए ।
कुन विषय पढ्यो भने के हुन्छ ? विद्यार्थीको रुचि अनुसारको विषयबारे सुवेदीले परामर्श दिइरहेका थिए । र, गैरेले पनि आफ्नो जिज्ञासा र प्रश्न निर्देशक सुवेदीसँग खुलेर राखे ।
बाराका सुश्रित सोडारी पनि कक्षा ११ को भर्नाबारे बुझ्न केएमसी पुगेका थिए । आइटीमा रुची भएका उनी कम्युटर विषयबारे बुझ्न केएमसी पुगेका थिए । ‘सिनियर दाइहरूबाट थाहा पाएर आएको हुँ । केएमसी राम्रो छ भनेर चर्चा भएकाले हो,’ उनले भने । उनलाई पनि निर्देशक सुवेदीले काउन्सिलिङ गरे । आईटी विषयबारे सुवेदीले सोडारीलाई परामर्श दिए ।
१३ हजारको आवेदन

यसरी केएमसीमा सोडारी र गैरे मात्र होइन भौतिक र भर्चुलरुपमा विद्यार्थी कक्षा ११ को भर्नाका लागि आइरहेका छन्। स्कुलमा परामर्श र भर्नाको लागि अभिभावक र विद्यार्थीको लाइन लागेको छ । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी १३ हजार विद्यार्थीको आवेदन आएको छ । “अझै आवेदन आउने क्रम जारी छ,” निर्देशक सुवेदीले भने ।
अत्याधिक विद्यार्थी आएपछि स्कुलले प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्नेछ । ‘मंगलबार (आज) प्रवेश परीक्षाको लागि १० वटा सेन्टर राखिएको छ । धेरै विद्यार्थी भएकाले एकै ठाउँमा इन्ट्रान्स परीक्षा राख्न सकदैन,’ निर्देशक सुवेदीले भने ।
उनका अनुसार कक्षा ११ मा बालकुमारीमा ७५० र बागबजारमा २००० को क्षमता छ । त्यसैले इन्ट्रान्स परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको हो ।
२५ वर्षदेखि गुणस्तरीय शिक्षा

केएमसीले २५ वर्षदेखि गुणस्तरीय शिक्षा दिइरहेको छ । गत वर्षमात्र १६ जनाले बोर्ड टप गरेको छन् । निर्देशक सुवेदीका अनुसार केएमसी पढेका ५८ जनाले मेडिकलमा छात्रवृत्तिमा नाम निकालेको छन् । त्यसैगरी ७४ जनाले पुल्चोकमा नाम निकालेका छन् । १० जनाले देश बाहिर ठूलो छात्रवृत्ति पाएका छन् ।
सीए अध्ययन गर्न भारत जानेको संख्या पनि उत्तिकै छ नतिजाको आधारमा शीर्ष ५ भित्र पर्ने गरेको छ । कक्षा ११ र १२ को साथै उच्च शिक्षाको बीबीए, बीबीएम, बीसीए, बीए साइकोलोजी, सोसलवर्क, बीबीएस लगायका कार्यक्रम पनि सञ्चालनमा छन् ।
क्यूएए प्राप्त
केएमसीले गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको छ । ‘उत्कृष्ट विद्यालयको अवार्डसमेत पाएको छ,’ उनले भने, ‘शिक्षामा केएमसी उकालो लागेको छ । यो गुणस्तरीय शिक्षाको परिणाम हो ।’
शिक्षा मन्त्रालयबाट २०७५ मा +२ उत्कृष्ट सिकाइ उपलब्धि सम्मान पनि पाएकोछ । महालक्ष्मी नगरपालिकाबाट उत्कृष्ट सिकाइ उपलब्धि सम्मान २०८२ केएमसीले पाएको छ ।
छात्रवासको व्यवस्था
बागबजार र बालकुमारी दुबैमा छात्रावासको व्यवस्था छ । काठमाडौं उपत्यका बाहिरबाट केएमसीमा अध्ययन गर्न चाहनेलाई छात्रवासकोसमेत व्यवस्था गरिएको छ । ‘छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास छ,’ उनले भने । ११ मा बाहिर जिल्लाबाट आएका विद्यार्थीलाई छात्रवासले सहज बनाएको छ । छात्रावासमा राम्रो खाना र बस्नको व्यवस्था छ ।
२० प्रतिशत छात्रवृत्ति

केएमसीले विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । काठमाडौं महानगगरबाट छनोट भएर आउने विद्यार्थीले बागबाजारमा १५ प्रतिशत छात्रवृत्ति पाउँछन् । ललितपुरको हकमा महालक्ष्मी नगरपालिकासँग समन्वय गरेर स्कुलले नै छात्रवृत्ति दिने गरेको छ । केएमसीले १५ प्रतिशत बाहेक अन्य छात्रवृति पनि दिने गरेको छ । ‘सबै गरेर २० प्रतिशत छात्रवृति हुन्छ,’ निर्देशक सुवेदीले भने ।
यो वर्ष थप अतिरिक्त छात्रवृत्तिको वयवस्था गरिएको छ ।
स्थापनाको २५ वर्ष पुगेको अवसरमा यो वर्ष केएमसीले बागबजार र बालकुमारीमा २५–२५ जना गरी ५० जनालाई छात्रवृत्ति दिने भएको छ । ‘उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा पढाउछौं,’ निर्देशक सुवेदीले भने, ‘छात्रवृत्तिमा बालकुमारीमा अध्ययन गर्नेलाई छात्रवासको समेत व्यवस्था छ ।’

बागबजार र बालकुमारी रोज्ने अवसर
केएमसी बागबजार र ललितपुरको बालकुमारीमा छ । विद्यार्थीले आफूलाई पायक पर्ने स्थान रोज्न पाउने अवसर छ । काठमाडौ उपत्यका भित्र आफूलाई पायक जहाँ पर्छ त्यही रोज्न पाइन्छ । “बागबजार र बालकुमारीको केएमसी एउटै हो । दुवै अब्बल छ । आफूलाई पायक पर्ने रोज्न सकिन्छ,” सुवेदीले भने ।
विद्यार्थीलाई सहज बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र यातायातको व्यवस्था गरेको छ । निर्देशक सुवेदीका अनुसार काठमाडौं, ललितपुर र भक्तपरमा केएमसीको गाडी पुग्छ ।
अब्बल शिक्षक
केएमसीले अनुभवी शिक्षक राख्ने गरेको छ । जसका कारण शैक्षिक गुणस्तर राम्रो भएको हो । ‘९० प्रतिशत पूर्णकालीन शिक्षक राखिएको छ । विषय विज्ञ र पीएचडी गरेका शिक्षक हुनुहुन्छ,’ उनले भने । केएमसीमा बिहान र दिउसो दुई सत्रमा पढाइ हुन्छ । विद्यार्थीले आफूलले चाहेको समयमा पढ्न सक्छन् ।
प्रयोगात्मक अभ्यास

केएमसीले सैद्धान्तिक मात्र होइन प्रयोगात्मक अभ्यासलाई जोड दिएको छ । व्यवस्थापन, विज्ञान र कानुनका विषयमा स्कुलमा नै विद्यार्थीले प्राक्टिकल गर्ने व्यवस्था छ । कानुनका विद्यार्थीले अदालतको जस्तै प्राक्टिकल गर्न पाउँछन् । ‘नमुना अदालत ‘मुटकोर्ट’ छ । विद्यार्थीले सबै प्राक्टिस गर्न पाउँछन्,’ उनले भने । कानुनको पढाइ सकिदा विद्यार्थी अदालतमा उपस्थित भएर बहस गर्ने जस्तै बनिसक्छन् ।
स्कुलमा एन्क्युभेसन सेन्टर र इनोभेसन ल्याब पनि छ । समय सापेक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित केएमसीले ल्याब बनाएको हो ।
खेलकुद गतिविधि

अतिरिक्त गतिविधिमा पनि केएमसीले जोड दिएको छ । सैद्धान्तिक ज्ञान मात्र होइन विद्यार्थीको स्किलको आधारमा अतिरिक्त गतिविधिमा जोड दिएको छ । बास्केटबल, ब्याडमिन्टन, पौडी, क्रिकेट, फुटसल टेबलटेनिस लगायतका देलकुद प्रतियोगिता गर्ने गरेको छ । यसवर्षदेखि स्कुलले थिएटरसमेत बनाएको छ ।

मनोसामाजिक परामर्श सेवा, विशेष हेरचाह र अनुशासन केन्द्रित परामर्श कक्ष, व्यक्तित्व विकास र संस्कारयुक्त शिक्षा कार्यक्रम, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि कला, संगीत तथा सामाजिक सेवा कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि विद्यार्थीलाई सिकाउने गरेको छ ।
“समाज र देश बुझ्ने जनशक्ति उत्पादन गर्न चाहेका हौँ,” निर्देशक सुवेदीले भने ।
शुल्क कति ?
केएमसीले समयम अनुकुलको शुल्क निर्धारण गरेको छ । बालकुमारीमा विज्ञान विषयको कक्षा ११ मा वार्षिक २ लाख ७ हजार ९०० कक्षा १२ मा १ लाख ९७ हजार ९०० रहेको छ । म्यानेजमेन्टको कक्षा ११ मा १ लाख ५८ हजार ९०० र १२ कक्षाको १ लाख ४८ हजार ९०० छ । कानुनको कक्षा ११ मा १ लाख ५८ हजार ९०० र कक्षा १२ मा १ लाख ४८ हजार ९०० छ । बागबजारमा भने यो भन्दा थोरै बढी छ ।

देशैभरका विद्यार्थीको रोजाइमा
देशका विभिन्न जिल्लाबाट अध्ययन गर्न विद्यार्थी कीएमसी आइपुगेका छन् । ती मध्येका एक हुन्, दैलेखका परिक्षित थापा। उनी हाल केएमसी बालकुमारीमा कक्षा ११ को फाइनल परीक्षा दिइरहेका छन् ।
कक्षा १० मा पढ्दा नै उनले दैलेखमा केएमसीबारे सिनियर दाइहरूबाट सुनेका थिए । उनले पनि केएमसीमा कम्युटर विषय रोजे । ‘यहाँको पढाइ राम्रो छ । पढाउने तरिका मन पर्छ । ल्याब लाइब्रेरी छ । सरहरूले पनि राम्रोसँग पढाउनु हुन्छ’, उनले भने ।
पर्साकी प्रसंशा शाहले विज्ञान वियय पढ्न केएमसी नै रोजिन् । ‘केएमसीमा विज्ञान विषय रा्रमो छ भनेर पर्सादेखि आएको । ११ को अन्तिम परीक्षा चलिरहेको छ । यहाँको पढाइ राम्रो छ,’ उनले भनिन् । पर्सामा कलेज नभएको होइन तर डाक्टर बन्ने सपना बोकेकी उनले केएमसी रोजेकी हुन् । “राम्रो शैक्षिक वातावरणमा पढ्न चाहने विद्यार्थीलाई केएमसी उपयुक्त छ”, थापा र शाहले भने ।

प्रतिक्रिया 4