News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा केएमसी बागबजार र युरो स्कुल छाउनीको संयुक्त लगानीमा ज्ञानश्री स्कुल सञ्चालनमा आएको छ।
- विद्यालयले क्याम्ब्रिजसम्बद्ध शैक्षिक प्रणालीमार्फत उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
- ज्ञानश्री स्कुलले राष्ट्रिय पाठ्यक्रमलाई क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्दतिसँग समन्वय गर्दै नर्सरीदेखि कक्षा ७ सम्म भर्ना खुला गरेको छ।
८ चैत, काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा स्थापित दुई प्रतिष्ठित संस्थाहरू केएमसी बागबजार र युरो स्कुल छाउनीको संयुक्त लगानीमा ज्ञानश्री स्कुल सञ्चालनमा आएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा स्थापना गरिएको उक्त विद्यालयले शैक्षिक उत्कृष्टता र बालकेन्द्रित, प्रगतिशील शिक्षण पद्दतिलाई एउटै छानामुनि समेट्ने लक्ष्य लिएको छ।
विद्यालयको औपचारिक उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। समारोह विद्यालय परिसरमै आयोजना गरिएको थियो।
केएमसी बागबजारले विगत २६ वर्षदेखि निर्माण गरेको शैक्षिक विरासत तथा उत्कृष्ट नतिजा र युरो स्कुलले अंगालेको अन्तर्राष्ट्रिय स्तरअनुरूपको शिक्षण पद्दति तथा नवप्रवर्तनलाई संयोजन गरी विद्यालय स्थापना गरिएको हो । क्याम्ब्रिजसम्बद्ध शैक्षिक प्रणालीमार्फत उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालले जानकारी दिए ।

‘ज्ञानश्री एउटै संस्थामा शैक्षिक उत्कृष्टता र वास्तविक बालकेन्द्रित शिक्षण अनुभवलाई एकसाथ ल्याउने हाम्रो परिकल्पनाको प्रतिविम्ब हो’ उनले भने ।
विद्यालयकी संस्थापक निर्देशक वाणी राणाले यो विद्यालय नयाँ पुस्ताका लागि डिजाइन गरिएको बताउँदै भनिन् ‘जिज्ञासा, सिर्जनशीलता र आत्मविश्वासको विकास बलियो शैक्षिक आधारसँगै हुन्छ।’
यसैगरी, विद्यालयका प्रधानाध्यापक तथा संस्थापक अनिश ढकालले संयुक्त लगानीबाट विद्यार्थी तथा अभिभावकहरूले दुवै संस्थाका उत्कृष्ट पक्षहरू प्राप्त गर्ने उल्लेख गर्दै केएमसीबाट शैक्षिक मजबुती र युरो स्कुलबाट प्रगतिशील शिक्षण पद्दति प्राप्त हुने विश्वास व्यक्त गरे ।
ज्ञानश्री स्कुलले राष्ट्रिय पाठ्यक्रमलाई क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्दतिसँग समन्वय गर्दै कार्यान्वयन गरेको छ। विद्यालयमा लागू गरिएको इनभर्स लर्निङ फ्रेमवर्क १ हजार भन्दा बढी घण्टाको अनुसन्धानका आधारमा विकास गरिएको बताइएको छ । हाल नर्सरीदेखि कक्षा ७ सम्म भर्ना खुला गरिएको छ।

प्रतिक्रिया 4