+
+
Shares

प्रदेश सरकारले भन्यो- सांसद विमला वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको हो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १५:५२
फाइल तस्वीर

२२ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् ।

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए ।

मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको र अरुसँग भेट पनि गरेको दाबी गर्दै उनले भनेका छन्, ‘आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्ने र त्यहाँबाट हिँड्दाको बखत अपहरण गरी बन्दी बनाएर राखेको मिडियासामु भनेको सुन्दा आश्चर्य लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?