Comments Add Comment

सांसद वलीलाई बन्धक बनाउनु फौजदारी अपराध : महिला संघ रुपन्देही

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली

२२ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घटना फौजदारी अपराध भएको बताएको छ ।

संघकी अध्यक्ष गंगा शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानून आकर्षित गर्ने गम्भीर घटना भएको संघले ठहर गरेको छ । जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्व अपहरण जस्ता आपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा देखिएको छ ।’

एकल महिलासमेत रहेकी सांसद वलीलाई मुख्यमन्त्री निवासमा पाँच दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै महिला संघले कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छा विपरीत कागजपत्रमा सही गराउनु सामान्य विषय नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment