+
+
Shares

विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १७:५६

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ ।

समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् ।

परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेको, ज्वरो आउने, खोकी लाग्ने विद्यार्थीलाई छुट्टै कोठाको व्यवस्था नगरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

विद्यार्थीले प्रदर्शन गरेपछि प्रदर्शनमा सहभागी विद्यार्थीहरुलाई परीक्षा हलभित्रै अनधिकृत व्यक्ति पसेर त्रास देखाएको, निगरानी गरेको, प्लेकार्ड च्यातेर डर देखाएको भन्दै शनिबार विद्यार्थीले भौतिक सुरक्षा खतरामा परेको भन्दै परीक्षा नदिने वक्तब्य जारी गरेका थिए ।

विद्यार्थीको आन्दोलन पछि मानविकी तथा समाजशास्त्र संकायकी डिन प्रा.डा. कुसुम श्रेष्ठले परीक्षा हल व्यवस्थित गरिने र परीक्षा केन्द्रभित्र भौतिक सुरक्षाको प्रत्याभूति गराइने भनेपछि विद्यार्थी आइतबारको परीक्षा दिएको विद्यार्थी मनोज खतिवडाले बताए ।

आइतबारको परीक्षामा परीक्षा हलभित्र बढीमा २७ जना मात्रै राखेर भौतिक दुरी कायम गरी व्यवस्थित गरिएको पाइएको खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?