+
+
Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १९:२३
प्रतीकात्मक तस्वीर

२५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय युवकको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर संक्रमितको संख्या वृद्धि हुन थालेको छ । शनिबार मात्र डोटीका दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?