Comments Add Comment

मेस्सीको १० नम्बर जर्सी अब बार्सिलोनामा के हुन्छ ?

२६ साउन, काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको आइकोनिक जर्सी नयाँ सिजन शुरु हुनुअघि खाली छ । मेस्सीले बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेलेका थिए ।

उनले १० नम्बर जर्सी एक दशकभन्दा बढी समय लगाए । मेस्सीले क्याम्प नोउ छाडेपछि अब त्यो नम्बरको जर्सी कसले लगाउने र के हुन्ने भन्ने चासो बढेको छ।

मेस्सीको नाम अब पेरिस सेन्ट जर्मेनसँग जोडिएको छ र उनले त्यहाँ नयाँ जर्सी लगाउने अड्कल गरिएको छ । तर मेस्सी पेरिस जाने पक्का भइसकेको छैन ।

त्यसैले अब बार्सिलोनामा १० नम्बर जर्सी कसले लगाउनेछन् त ? भखर्रै भएको जोन गाम्पर ट्रफीअन्तर्गत युभेन्ट्सविरुद्धको खेलमा कसैले पनि १० नम्बर जर्सी लगाएनन् ।

स्पानिस अनलाइन मार्काले आगामी सिजन यो खाली नै रहन सक्ने सम्भावना रहेको समेत जनाएको छ ।

नयाँ सिजनका लागि फ्रि एजेन्टको रुपमा बार्सिलोना भित्रिएका मेम्फिस डिपाए र सर्जियो अगुएरोलाई बार्सिलोनाले अरु नै नम्बरको जर्सी दिएको छ ।

गाम्पर ट्रफीमा डिपाएले ९ नम्बर जर्सी लगाएर खेलेका थिए । यस्तै अगुएरोको लागि १९ नम्बर जर्सी छुट्याएको थियो ।

ला लिगामा जर्सी रिटायर गर्ने विकल्प छैन । एनबीए र सिरी ए मा भने जर्सी रिटायर गर्ने चलन छ । यस्तै प्रिमियर लिगमा पनि चेल्सीले जियानफ्रान्को जोलाको २५ नम्बर जर्सी रिटायर गरेको छ ।

१० नम्बरको सर्ट फुटबलमै आइकोनिक रुपमा रहने गर्छ । यसले बार्सिलोनामा अझ धेरै ओजन राखेको हुन् । यसअघि रिभाल्डो, रोनाल्डिनो, मेस्सी जस्ता चर्तित खेलाडीले यो जर्सी लगाएका छन् ।

जर्सी नम्बर शुरु गरिएपछि बार्सिलोनामा चर्चित १० नम्बर जर्सी लगाउने खेलाडीहरु यसप्रकार छन् ।

एन्जल कुएलर (१९९५-१९९६)

जिओभानी शिल्भा डे ओलिभिएरा (१९९६-१९९७)

जारी लिटमानेन (१९९९-२०००)

रिभाल्डो (२०००-२००२)

हुवाँ रोमन रिक्वेल्मे (२००२-२००३)

रोनाल्डिन्हो (२००३-२००८)

लिओनल मेस्सी (२००८-२०२१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment