
२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’ भनेर टिप्पणी गरेका छन् ।
२८ असारमा प्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले आफ्नो नेतृत्वमा सरकारले गरेका कामको बचाउ मात्र गरेनन्, वर्तमान सरकार र सत्तारुढ गठबन्धनको आलोचना गरे ।
सरकारको साझा न्यूनतम कार्यक्रमतर्फ संकेत गर्दै सडकतिर बाँडेको कागजको संज्ञा दिए र त्यसमा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको उनले बताए ।
एमाले संसदीय दलका नेता ओलीले भने, ‘कस्तो राम्रो तरिका ! प्रमुख प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति ….।’ उनले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको बताए ।
ओलीले सरकारको साझा न्यूनमत कार्यक्रम संसदलाई छलेर ल्याएको बताए । यसमा कांग्रेसको अनुहार समेत नदेखेको उनको टिप्पणी छ ।
प्रतिक्रिया 4