Comments Add Comment

क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले थाल्यो पहल

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्न पहल थालेको छ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार ओलम्पिकमा सहभागिता गराउनका लागि पहल शुरु गरेको जनाएको छ ।

क्रिकेट अन्तिम पटक सन् १९०० को ओलम्पिकमा समावेश गरिएको थियो । त्यसपछि ठूला खेलकुद कार्यक्रमहरुमा विरलै खेलिएको छ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले ओलम्पिकमा क्रिकेट सहभागिताका लागि सबै एकजुट भएर लागेको बताए ।

‘हाम्रो यस बिडको पछि एकजुट छ, र हामी ओलम्पिकलाई क्रिकेटको एक दीर्घकालीन भविष्यको एक हिस्साको रुपमा देख्छौं,’ आईसीसी अध्यक्ष ग्रेग बार्कले भने, ‘विश्वव्यापी रुपमा हाम्रो एक अर्बभन्दा धेरै प्रशंसकहरु छन् र तीमध्ये लगभग ९० प्रतिशत ओलम्पिकमा क्रिकेट हेर्न चाहन्छन् ।

क्रिकेटको ३२ प्रतिशत समर्थक दक्षिण एसियाबाट छन्, जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानमा यो प्रमुख खेल हो । बार्कले २०२८ को ओलम्पिकमा क्रिकेट खेल समावेश भए अमेरिकामा ३० करोड क्रिकेट प्रशंसकद्वारा स्वागत गरिने बताए ।

आईसीसीले क्रिकेट ओलम्पिकमा समावेश गर्न इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका प्रमुख इयान वाटमोरको अध्यक्षतामा ओलम्पिक कार्यदल गठन गरेको छ । यसमा पेप्सिको इंकका पूर्व सीईओ इन्द्र नूई र यूएसए क्रिकेट प्रमुख पराग मराठे पनि सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment