+
+

कर्णालीका चार नेतालाई माधव नेपालको वचन : उपचुनाव भए जिताउने जिम्मा मेरो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १७:०५

२६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।

महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् । उनीहरुमध्ये एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताए ।

यसले प्रदेशसभा सदस्य पद धरापमा परेको भन्दै उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने बेला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?