
२६ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको खोप लगाएका छन् । होटल मकालुमा मंगलबार ४५० जना व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले होटल व्यवसायी र कर्मचारीहरुलाई खोप प्रथमिकताका साथ उपलब्ध गराइदिन सरोकारवाला निकायसँग माग गरेको थियो । जिल्ला खोप व्यवस्थापन समितिले व्यवसायी र कर्मचारीलाई लक्षित गरेर चार सय थान खोप उपलब्ध गराएको थियो ।
होटल तथा पर्यटन व्यवसायी संघमा आवद्ध ६८ र संघ बाहिर रहेका गरी ८० होटल तथा पर्यटन व्यवसायी र कार्यरत कर्मचारीले भेरोसेलको पहिलो मात्रा लगाएका हुन् ।
व्यावसायिक रुपमा घाटामा रहे पनि खोपमा प्राथमिकता दिएकोमा खुशी लागेको र थोरै भएपनि राहत महसुस गरेको व्यवसायीहरुले बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले खोप लगाएपछि होटलमा आउने पाहुना ढुक्कले आउन सक्ने वातावरण बनेको बताए ।
प्रतिक्रिया 4