Comments Add Comment

‘असल मान्छे’ कसरी बन्ने ?

ठूलो भएपछि के बन्छौं ? बाल्यकालमा हामीले झेल्ने प्रश्न हो यो । यसको उत्तरमा धेरैले भन्छन्, ‘म ठूलो मान्छे बन्छु ।’ तर, ठूलो कस्तो ?

धनी, प्रभावशाली, विख्यात, शक्तिशाली । कोही मान्छे धनाड्य हुनसक्छन्, कोही प्रख्यात । कोही शक्तिशाली हुनसक्छन्, कोही प्रभावशाली । तर, यी सबैभन्दा पहिलो आवश्यक्ता हो मान्छेले मान्छेजस्तै बन्नु ।

अर्थात मान्छेले आफ्नो मानविय मूल्य बचाउनुपर्छ । मानविय भावना जगाउनुपर्छ । मान्छे जे पनि बन्न सक्छन् । डाक्टर, नेता, कलाकार । तर, त्यो भन्दा पहिले बन्नुपर्छ– मानविय गुणले युक्त मान्छे ।

यसका लागि पहिलो सर्त हो, सकारात्मक र सहृदयी हुनु । सकारात्मक सोचाइको फाइदा अरुलाईभन्दा धेरै आफूलाई हुने गर्छ । विभिन्न मुलुकमा गरिएको अनुसन्धानले देखाएको छ कि सकारात्मक व्यवहारले तपाईंको मानसिक कल्याणलाई बढावा दिन सक्छ ।

संसारमा लगभग सबैजना राम्रो व्यक्तिको साथ बस्न मन पराउँछन् । राम्रो मान्छे वरपर बस्दा उनीहरुसँगको सौहार्दता बढ्न जाने भएकोले पनि राम्रो मान्छेलाई सबैले मन पराउने गर्छन् ।

जो मान्छे राम्रो छ, धेरै प्रभावशाली छ र आफ्ना साथीहरुको लागि परेको बेलामा सक्दो सहयोग पनि गर्न सक्ने खालको छ । उनीहरुको बिचार, कार्य र शब्दहरुले यो प्रतिबिम्बित गर्छ । त्यसैले भनिन्छ, महत्वपूर्ण हुनु राम्रो कुरा हो, तर असल हुनु अधिक महत्वपूर्ण कुरा हो ।

मनोवैज्ञानिक हिसाबले हेर्ने हो एउटा विषय पत्ता लगाउन मुस्किल हुन्छ कि तपाईं राम्रो मान्छे हो कि होइन ? त्यसैले, यस लेखमा हामी तपाईंहरुलाई मनोवैज्ञानिक रुपमा राम्रो कसरी बन्ने भन्ने बारेमा सुझाव दिन्छौं ।

असल ब्यक्तिको परिभाषा के हो ?

राम्रो हुनुको अर्थ के हो ? तपाईं कसरी थाहा पाउनुहुन्छ कि तपाईं राम्रो व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न ? केही विशेषताहरु जुन प्रायः राम्रो मान्छेको परिभाषामा सामेल गरिएको छः ।

–अरुको भलाइ गर्ने सोच

– सहानुभूति राख्नु

– निष्पक्ष हुन

– उदार हुनु

– अरुलाई मद्दत गर्नु

– इमान्दारिता

– दयालु बन्नु

– विनम्र हुन

– जिम्मेवारी बुझ्न

– सचेत रहनु आदि ।

राम्रो हुनुको सही परिभाषा व्यक्ति अनुसार फरक हुन सक्छ । व्यक्तित्व मनोविज्ञानका विद्वानहरु मान्छन् कि माथि उल्लेखित गुणहरुसँग सम्बन्धित व्यक्तिहरुको गुण अरु मान्छेसँगको तुलनामा भिन्न छ ।

मनोवैज्ञानिकहरु अक्सर व्यक्तित्वमा पाँच आयाम हुने बताउँछन् । यी आयामहरुमध्ये एक अर्कासँग अन्तरसम्बन्धित भएको पाइन्छ ।

यसका धेरै लक्षणहरु तपाईंले अरुसँग कस्तो व्यवहार गर्नुभएको छ ? भन्ने विषयसँग सम्बन्धित छ । अनुसन्धानले यो पनि देखाउँछ कि सहमति दुई मुख्य घटकमा विभाजित गर्न सकिन्छ,

१. करुणा

२. नम्रता

यी दुवै गुणहरुले यो भूमिका खेल्छ किन हामी प्रायः “राम्रो“ हुने बारेमा सोच्छौं ।

करुणा यस्तो गुण हो जसले अरुको भावनात्मक स्थितिलाई बुझ्न सहयोग गर्छ ।

राम्रो व्यक्तिको लक्षण के हो ?

– तपाईं अरुप्रति कति दयालु हुनुहुन्छ ।

– मानिसहरु तपाईंहरूको साँच्चिकै प्रशंसा गर्छन् ।

– तपाईं अरुको लागि करुणा र सहानुभूति महसुस गर्नुहुन्छ ।

– तपाईं अरुलाई समर्थन गर्नुहुन्छ ।

– तपाईं आफैंलाई कति दया गर्नुहुन्छ ।

– तपाईं तपाईंको गल्तीको लागि जिम्मेवारी लिनुहुन्छ ।

– तपाईं ईमानदार र आत्मसम्मानबाट पूर्ण हुनुहुन्छ ।

राम्रो व्यक्ति हुनुको लाभ

सामाजिक व्यवहार त्यस्तो शब्द हो जसको उपयोग मनोवैज्ञानिकहरु रुपमा अर्काको कल्याणको लागि प्रयोग गर्ने गरिन्छ । अर्काे शब्दमा भन्दा राम्रो व्यवहार जस्तो कि आफ्नो चिज अर्काेलाई सुनाउनु, सहयोग गर्नु र उनीहरुलाई आराम गर्न दिनु यी सबै सामाजिक कामहरु हुन् ।

यसरी मान्छेको व्यवहारले स्पष्ट रूपमा अर्काेलाई मद्दत गर्छ । अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि अरुको लागि राम्रो हुनु आफ्नो मानसिक स्वास्थ्यको लागि समेत फाइदाजनक कुरा हो ।

१. आकर्षणमा वृद्धि

एक राम्रो व्यक्ति हुनुले तपाईं एक साथीको रूपमा अधिक आकर्षक बनाउन सक्नुहुन्छ । जर्नल अफ पर्सनालिटीमा प्रकाशित २०१९को एक अध्ययनमा सहभागीहरुले दयालुपनालाई पति वा पत्नीको सबैभन्दा महत्वपूर्ण गुणको रुपमा मूल्यांकन गरेका छन् ।

यसको मतलब यो हो कि आर्थिक सम्भावना, शारीरिक बनावट, आकर्षण र हँसिलो मुखसँग समेत अधिक महत्वपूर्ण थियो ।

२. मूड राम्रो हुन्छ

राम्रो हुनु ’राम्रो’ कुरा हो । अनुसन्धानले दया र अरुप्रतिको सहयोगी कार्यमा संलग्न हुँदा तपाईंहरुको मूडमा सुधार हुन्छ भन्ने पाइएको छ । शोधकर्ताहरुले पत्ता लगाएका छन् कि सात दिनसम्म हरेक दिन अरुप्रति दया गर्दा आफैँमा खुसी पैदा हुन्छ ।

३. तनाव कम हुन्छ

तनावबाट राहत पाउनको लागि राम्रो मानिसलाई सजिलो हुन्छ । अध्ययनले राम्रो सोचाइ भएको व्यक्तिले खराब समयलाई पनि सहज तरिकाले गुजार्न सक्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment