Comments Add Comment

मध्यपश्चिम विश्वविद्यालयका पाँच प्राध्यापक संघले मागे उपकुलपति सिंहको राजीनामा

२७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका पाँच प्राध्यापक संघले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेका छन् ।

मंगलबार बेलुका विश्वविद्यालयमा भएको घटनालाई लिएर आंशिक प्राध्यापक संघ, करार प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्रध्यापक संगठन र च्याप्टर कन्ट्रयाक्ट प्रध्यापक संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उपकुलपति सिंहको राजीनामा माग गरेका हुन् ।

आन्दोलनरत प्राध्यापक संघहरुले उपकुलपति सिंह गुण्डागर्दी शैलीमा उत्रिएको, पदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी र प्राध्यापकहरुका जायज मागलाई नजरअन्दाज गरेर एकलौटी ढंगले शासकीय शैलीमा श्रृङखलाबद्ध रुपमा उपेक्षा गरेको उनीहरुको आरोप छ ।

प्राध्यापक संघहरुद्धारा बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कार्यसम्पादनमा कुशलता नभएका असक्षम, अविवेकी, उपकुलपतिले नैतिकताको आधारमा अविलम्ब राजीनामा दिन जोडदार माग गर्दछौं ।’ विश्वविद्यालयका पदाधिकारीको अदूरदर्शिता, अकर्मण्यता, स्वेच्छाचारी र निरङकुश शैलीले विश्वविद्यालयका सबै गतिविधिहरु अस्तव्यस्त भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

साउन ३ गतेदेखि संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै विश्वविद्यालयमा आन्दोलन गर्दै आएका छन् । लगत्तै केही प्राध्यापकहरू समेत आन्दोलनमा होमिएका छन् ।

विद्यार्थी संगठन र प्राध्यापकहरूले विश्वविद्यालयका उपकुलपतिको कार्यशैली ठीक नभएको, पदीय मर्यादा कायम राख्न नसकेको जस्ता आरोप लगाउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment