Comments Add Comment

६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्‍यो : जीपछिरिङ लामा

२८ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘जेष्ठ नागरिकले भत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो । हामीहरु यहाँ (शहर) बसेकोको त उपचार गर्न सक्दैनौं । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ? त्यसकारण ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्‍यो’ सांसद लामाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment