+
+

अनलाइनखबरकर्मी आलेलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १९:०८

२८ साउन, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले उनलाई पुरस्कृत गर्न लागेको हो ।

कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई सो पुरस्कार दिन लागिएको अध्यक्ष बैकुण्ठराज पराजुलीले जानकारी दिए । यसमध्ये आलेले फोटो पत्रकारितातर्फको पुरस्कार पाउन लागेका छन् ।

आलेसँगै चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, आर्थिक पत्रकारितातर्फ मेनुका कार्की, खेलकुदतर्फ जीतबहादुर साउद, सामाजिक/राजनीतिक पत्रकारितातर्फ गोविन्द मरासिनी, कार्टुनतर्फ विरोचन मल्ल ठकुरीले समेत पुरस्कार पाउने भएका हुन् ।

१० हजार राशीको यो पुरस्कार १ असोजमा आयोजना गरिने एशोसिएट प्रदेशको राष्ट्रिय सम्मेलनका दौरान वितरण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?