+
+
Shares

२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १७:४४

३१ साउन, काठमाडौं । सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भनेको हो ।

बजेट वक्तव्यमा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेश समेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ ।

कार्ययोजना बनेको १० दिनभित्र सरोकारवालासँग परामर्श गर्न थप नीतिगत तथा कार्यान्वयन तहमा प्रबन्ध गर्नुपर्ने भए गर्न भन्दै अदालतले भनेको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला (४० माइक्रोनभन्दा पातलो) को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’

अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न भनेको छ ।

हेर्नुहोस् आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?