+
+
Shares

अफगानिस्तान जान निजी कम्पनीले गर्‍यो विमान चार्टर्ड बुक, उडान अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १८:३८

३१ साउन, काठमाडौं । अफगानिस्तानको काबुलबाट काठमाडौंमा यात्रु ल्याउन एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ ।

दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको जहाज बुक गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

‘भदौ ११ का लागि जहाज बुक भएको छ,’ उनले भने, ‘काबुलमा सेड्यूल उडान जारी रहेको अवस्थामा हाम्रो उडानसमेत हुनेछ, नत्र नहुन पनि सक्छ ।’ सो दिनसम्मको अवस्था हेरी थप निश्चित हुने उनको भनाइ छ ।

निगम स्रोतका अनुसार ११ भदौका लागि भने १ सय जना नेपाली ल्याउने भनी जहाज बुक गरिएको हो । काबुलमा यसअघि नेपाल वायु सेवा निगमले नेपाली नागरिकको शव ल्याउने प्रयोजनका लागि एक उडान गरिसकेको छ ।

उता, नेपाल एयरलाइन्सका महाप्रबन्धक डीमप्रसाद पौडेलले पनि उडान हुने निश्चित नभएको बताए । ‘युद्धग्रस्त क्षेत्रमा हाम्रो जहाज सिधै उडाउन मिल्दैन,’ उनले भने, ‘सुरक्षाको ग्यारेन्टी भएमा र अनुमति पाएमा उड्न सक्छ ।’

उनले सरकारले उद्धार गर्नुपर्ने मानिसको संख्या यकिन भएपछि भने जहाज लैजाने तयारी थाल्ने बताएका छन् । तर, त्यसका लागि कम्तीमा ५ दिनको समय भने लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?