Comments Add Comment

क्युआर कोडसहितको खोप प्रमाणपत्रका लागि शुल्क लिए कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ ।

खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न लगाउन आग्रह गरेको छ ।

क्युआर कोडसहितको प्रमाणपत्र आवश्यक पर्नेले खोपसम्बन्धी स्वास्थ्य मन्त्रायलयको वेबसाइटमा गएर आफैं भर्न सक्ने र आफैं भर्न कठिन भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यसेवा विभागबाट निशुल्क सहयोग लिन सक्ने मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले क्युआर कोडको फारम भर्न रकम लिएर सर्वसाधारणलाई मर्का पर्ने काम नगर्न आग्रहसमेत गरेको छ । ‘नियम विपरित यस किसिमका गतिविधि गर्नेउपर कडा भन्दा कडा कारवाहीको व्यवस्था गरिदिन सम्बन्धित सरोकारवाला सबैमा अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment