+

कोरेअको दुई गोलमा साविक विजेता एट्लेटिको मड्रिडको विजयी सुरुआत

२०७८ साउन  ३२ गते ६:३६ २०७८ साउन ३२ गते ६:३६
कोरेअको दुई गोलमा साविक विजेता एट्लेटिको मड्रिडको विजयी सुरुआत

३२ साउन, काठमाडौं । एन्जल कोरेअको दुई गोल मद्दतमा साविक विजेता एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा वियजी सुरुआत गरेको छ ।

आइतबार भएको खेलमा एट्लेटिकोले सेल्टाभिगोलाई २-१ ले पराजित गरेको हो ।

सेल्टाको मैदानमा भएको खेलमा अर्जेन्टाइन खेलाडी कोरेखले २३औं र ६४औं मिनेटमा गोल गरे । सेल्टाका लागि ५९औं मिनेटमा आएगो आसपासले पेनाल्टीमा एक गोल फर्काए ।

इन्जुरी टाइमको छैटौं मिनेटमा सेल्टाका ह्युगो मालो र एट्लेटिकोका मारियो हेर्मोसोले खेलभावना विपरीत काम गरेपछि सिधै रातो कार्ड पाएका थिए ।

जितपछि एट्लेटिकोले ३ अंक जोड्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

एट्लेटिको मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय