+

बार्सिलोनाको विजयी सुरुआत

२०७८ साउन  ३२ गते ७:०० २०७८ साउन ३२ गते ७:००
बार्सिलोनाको विजयी सुरुआत

३२ साउन, काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछिको स्पानिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।

आइतबार राति भएको खेलमा मार्टिन ब्रेथवेइटको दुई गोल मद्दतमा बार्सिलोनाले सोसिडाडलाई ४-२ ले पराजित गरेको हो ।

बार्सिलोनाको लागि जेरार्ड पिके र सर्जी रोबर्टोले एक एक गोल गरे ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको १९औं मिनेटमा पिकेले मेम्फिस डिपाएको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ब्रेथवेइटले पहिलो हाफको इन्जुरी टाइमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा ब्रेथवेइटले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो ।

त्यसपछि सोसिडाडले ३ मिनेट अन्तरमा दुई गोल फर्काउँदै बार्सिलोनाले प्रेसरमा राखेको थियो । ८२औं मिनेटमा युलेन लोबेटे र ८५औ मिनेटमा मिकेट ओयाजाबालले गोल गर्दै सोसिडाडले खेलमा फर्कने सम्भावना देखाएको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सर्जी रोवर्टोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।

१७ वर्षपछि बार्सिलोनाले लिओनल मेस्सीविना लिगमा खेलेको हो ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय