Comments Add Comment

को हुन् इन्डियन आइडल विजेता पवनदीप ?

चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल’को अन्तिम छिनोफानो भइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो । मध्यन्ह १२ बजेदेखि राती १२ बजेसम्म ग्रान्ड फिनाले चलेको थियो ।  प्रतियोगितामा कसले बाजी मार्छ ? दर्शकमा कौतुहलता थियो ।

यस संस्करणमा पवनदीप राजनलाईै अरुणिता कान्जीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेले कडा चुनौती दिएका थिए । अन्ततः सबै प्रतियोगीलाई उछिन्दै पवनदीपले बाजी मारे ।

‘इन्डियन आइडल’मा सहभागी भएर अत्याधिक चर्चा पाउनेमध्ये उनीपनि एक हुन् । प्रतियोगितामा उनले सर्वत्र तारिफ र माया बटुले । उनलाई एक एपिसोडमा बपी लाहिडीले सुनको चेन उपहार दिएका थिए भने हिमेश रेशमियाले १० वटा गीतका लागि अफर गरेका थिए । यसपाली अतिथीको निर्णयकको रुपमा उदित नारायण, कुमार सानु, अलका याग्निक उपस्थित भए । अतः पवनदीपले ९० को दशकको गीत गाएर सबैको मन पगाले ।

भारतिय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पवनदीपको गीतबाट आफु निकै प्रभावित भएको बताएका थिए । यसैगरी उत्तराखन्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पनि पवनदीपको गायनको तारिफ गरेका थिए । उनले एक भिडियो सन्देशमा भनेका थिए, ‘पवनदेवले यो देवभूमीको नाम अरु उज्यालो बनाएका छन् । उनको प्रतिभामा हामीले गर्व गर्नुपर्छ ।’

को हुन् पवनदीप राजन ?

भारत उत्तरखण्ड कुमाउका बासिन्दा हुन् पवनदीप । उनलाई संगीतको विरासत मिलेको बताइन्छ । उनका पिता सुरेश र काका सतीश राजनले बाल्यकालदेखि नै संगीत सिकाएका थिए । हजुरबुवा स्व. रति राजन पनि आफ्ना समयका प्रशिद्ध लोकगायक थिए ।

पवनदीप राजन इन्डियन आइडल–१२ का यस्ता प्रतियोगी हुन्, जो गाउनका साथसाथै केही वाद्ययन्त्र पनि बजाउँछन् । उनले यसअघि पनि एक सांगीतिक प्रतियोगिता जितिसकेका छन् । सन् २०१५ मा उनले टिभी शो ‘द भ्वाइस अफ इन्डिया’ सिजन वान जितिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment