Comments Add Comment

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती । तस्वीर : लुम्बिनी प्रदेशसभा सचिवालय

१ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।

शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री के.सी.ले सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि छ ।

अधिवेशन शुरु भएपछि एक/दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई विस्तार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment