+
+

संचिता भन्छिन्–‘नयाँलाई पनि ठाउँ दिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते ११:५४

नायिका संचिता लुइटेल चलचित्र ‘म राजेश हमाल’मा काम गर्न तयार छिन् । चलचित्रको टिमले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा नायिका लुइटेलले यो चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिइन् ।

संचिताले यो चलचित्रमा आफ्नो भूमिका केही फरक रहेको र दर्शकमा पनि चलचित्रबाट राम्रो सन्देश जाने देखेपछि काम गर्ने सोच बनाएको बताइन् । संचिताले कोरोना भाइरसका कारण चलचित्र क्षेत्र नै शुन्य अवस्थामा रहेकाले आफू पनि टाढा भए जस्तो देखिएको बताएकी छिन् ।

नायिका लुइटेलले भनिन्–‘हामीले एकपछि अर्को चलचित्रमा काम गर्ने कुनै समय थियो । सधै समय एकनाश हुन्छ भन्ने पनि होइन । अहिले चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । नयाँलाई पनि अवसर दिनुपर्छ । अब, हामीले चलचित्रमा काम गर्ने मात्र भन्दा पनि दर्शकलाई नयाँ के दिने भन्ने बिषयमा सोच्नुपर्छ । म जस्तै अरु कलाकारमा पनि यस्तै सोच आएको हुनुपर्छ ।’

केदार भुषालको निर्माणमा तयार हुन लागेको चलचित्र ‘म राजेश हमाल’लाई दर्शकले मन पराउने विश्वास संचिताको छ । यो चलचित्रको छायांकन भदौको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो चलचित्र नायक राजेश हमालको बायोपिक नभएपनि उनको जीवन यात्राबाट भने प्रभावित हुने निर्माणपक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?