
१६ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहित शीर्षस्थ नेताहरु जनकपुरधाम आएका छन् । ठाकुरसहित नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी बुधबार जनकपुरधाम आएका हुन् ।
निर्वाचन आयोगले जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म राजनीतिक दल रोज्न भनेपछि ठाकुरसहितका नेता प्रदेश २ को राजधानी जनकपुरधाम आएका हुन् । प्रदेशमा यसअघि ठाकुर, महतो र भण्डारीले नेतृत्व गरेको पूर्व राजपाका २५ जना सांसद थिए । अहिले ९ जना सांसद जसपातिर लागेका छन् । राजपाबाटै निर्वाचित जनकपुरधामका मेयर लालकिशोर साहले पनि जसपालाई नै रोजेका छन् ।
यसबाहेक प्रदेश २ को अर्को प्रमुख शहर राजविराजमा राजपाबाट जितेका मेयर शम्भु यादवले पनि जसपालाई नै रोज्दा ठाकुर पक्ष प्रदेशमा कमजोर देखिएको छ । यद्यपि जनकपुरधाम आएका अध्यक्ष ठाकुरले आफूहरु नै मजबुत रहेको दाबी । स्थानीय कलबार कुटीमा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै ठाकुरले ठूलो संख्यामा जनप्रतिनिधि आफ्नो पार्टीमा आउने उनले दाबी गरे ।
सम्बोधनपछि अध्यक्ष ठाकुरसहितका नेताहरु प्रदेश सांसदसँग छलफलमा छन् । प्रदेश सांसद परमेश्वर साहले सनाखतकै विषयमा छलफल भइरहेको बताए ।
प्रतिक्रिया 4