+
+

दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १७:५५

१९ भदौ, बुटवल । प्रहरीले स्वचालित पेस्तोलसहित दाङको घोराहीबाट एक जनालाई पक्राउ गरेको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगरलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नम्वरकोे स्कुटरको सिटमुनि रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो ।

अवैध हतियार राखेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।

अवैध हतियार देखाइ ठेकेदार, व्यवसायीलाई चन्दा आतंक सिर्जना गरेको उजुरी परेपछि खोजतलास गर्दै जाँदा भेटिएको काफ्लेको बताए । पक्राउ परेका बुढाविरुद्ध हातहतियार खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?