+
+

हात्तीपाइले रोग निवारणमा उत्कृष्ट काम गरेको भन्दै राप्ती गाउँपालिका सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ८:३६

२० चैत, काठमाडौं । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिकालाई सम्मान गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मानपछि गाउँपालिका अध्यक्ष विष्टले आफूहरुले गरेको मिहिनेतको कदर गरेकोमा मन्त्रालयप्रति आभार व्यक्त गर्दै जनताको सेवामा खटिरहन थप उत्साह प्राप्त भएको बताए ।

स्वास्थ्यकर्मीसमेत रहेका गाउँपालिका अध्यक्ष विष्टका अनुसार हाल राप्ती गाउँपालिकाले भालुबाङ र सिसहनिया स्वास्थ्य चौकीबाट २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराइरहेको छ ।

साथै प्रत्येक वडामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुका लागि विशेषज्ञ डाक्टरबाट नसर्ने रोगको स्क्रिनिङ घुम्ती शिविर पनि सन्चालन गर्दै आएको छ । पालिकाले १५ शय्याको आधारभूत अस्पताल पनि सन्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?