+
+

राष्ट्रपतिबाट भदौ २३ मा संसद अधिवेशन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते २०:०८

१९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।

त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?