+
+

५६ सयभन्दा धेरै टिग्रेका विद्रोही मारिएको इथियोपियाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते ११:५०

२० भदौ, काठमाडौं । इथियोपियाको सेनाले टिग्रेका ५६ सयभन्दा धेरै विद्रोही मारिएको दाबी गरेको छ । इथियोपियाको उत्तरी प्रान्तमा चलेको युद्धको क्रममा उनीहरुको मृत्यु भएको सेनाले बताएको हो । उक्त युद्ध गत नोभेम्बरदेखि सुरु भएको थियो । यद्यपि, सेनाले कुन समयदेखि कहिलेसम्ममा उनीहरुको मृत्यु भएको हो भन्ने जानकारी भने दिएको छैन ।

इथियोपियाको सेनाका जनरलका अनुसार थप २३ सय विद्रोही घाइते भएका छन् भने २ हजार विद्रोही पक्राउ परेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार युद्धको कारण अहिले इथियोपियामा लाखौं मानिस भोकमरीमा छन् ।

इथियोपियाको सेनाका लेफ्टिनेन्ट जनरल बाचा डेबेलेले टिग्रे पिपुल्स लिबेरेसन फ्रन्ट (टीपीएलएफ)ले इथियोपियालाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् । साथै यो समूह छिमेकी प्रान्त अम्हारा र अफरमा पनि प्रवेश गरेको उनको भनाइ छ ।

अहिलेसम्म टीपीएलएफले भने इथियोपियाको सेनाको दाबीबारे कुनै जवाफ फर्काएको छैन । इथियोपियाका प्रधानमन्त्री अबिय अहमद र टीपीएलएफका नेताहरुबीच देखिएको विवादपछि उक्त युद्ध सुरु भएको हो । इथियोपियाको सैन्य क्याम्पमाथि टीपीएलएफले आक्रमण गरेको भन्दै गत नोभेम्बरमा टीपीएलएफमाथि इथियोपियाको सेनाले आक्रमण सुरु गरेको थियो ।

यो युद्धमा हजारौं मानिस मारिएको अनुमान छ भने लाखौं मानिस विस्थापित भएका छन् । जसमध्ये केही मानिसहरु सुडान पुगेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?