+
+

कुलमानविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १४:१९

२० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई भएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

सरकारले तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगी साउन २५ गते विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।

सरकारको उक्त निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा दिएको रिटमा भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कुलमानको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?