+
+

बेलको ह्याट्रिकमा वेल्स वियजी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते ६:५९

काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिक मद्दतमा वेल्स विश्वकप छनोट खेलमा बेलारुसलाई ३-२ ले पराजित गरेको छ ।

विश्वकपको युरोपेली छनोटअन्तर्गत आइतबार भएको खेलमा बेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दे वेल्सलाई जित दिलाएका हुन् ।

कजानमा भएको खेलको छैटौं मिनेटमै बेलले पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटाली लिसाकोभिचले बेलारुसको लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै पाभेल सेडिकोले गोल गर्दै बेलारुसलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता लिएर पनि वेल्स पछि परेको थियो । तर दोस्रो हाफमा बेल चम्किए । उनले दुई गोल थपे । ६९औं मिनेटमा बेलले पेनाल्टीमै दोस्रो गोल गर्दै खेल बराबरी गरे । निर्धारित ९० मिनेटमा खेल बराबरीमी थियो । तर इन्जुरी टाइममा बेलले गोल गर्दै ह्याट्रिक पूरा गरे भने वेल्सलाई जित दिलाए ।

छनोटको समूह ई मा वेल्सको यो दोस्रो जित हो । तीन खेलबाट ६ अंकसहित वेल्स तेस्रो स्थानमा छ भने चार खेल खेलेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ । बेल्सजियम ४ खेलबाट १० अंकसहित समूह ई को शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । इस्टोनिया अंकविहीन हुँदै पुछारमा छ ।

(फाेटाे : वेल्स फुटबल संघ)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?