+
+

सिद्धार्थनगरकी उपप्रमुख काफ्लेले रोजिन् एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १३:३५

२१ भदौ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेबाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

काफ्लेले सोमबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् । यस्तै बुटवल उपमहानगरपालिका-३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल-२ का वडा सदस्य सुनिल शाक्य, बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

एकीकृत समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले तिलोत्तमा-११ का वडा सदस्य यज्ञश्वर क्षेत्री र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि पनि सनाखतका लागि निर्वाचन कार्यालयमा आउने क्रममा रहेका जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?