+
+

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

रासस रासस
२०७८ भदौ २१ गते १४:०२
प्रतीकात्मक तस्वीर

२१ भदौ, रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको डीएसपी सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?