+
+

२ लाख घुससहित काठमाडौं महानगरपालिका-१४ का वडा सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:२१

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य घुससहित पक्राउ परेका छन् । वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

महर्जनमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?