
२१ भदौ, डोटी । डोटीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिका–३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले एकीकृत समाजवादी रोजेका हुन् ।
उनीहरुले सोमबार जिल्ला निर्वाचन कार्यालय, डोटी पुगेर एकीकृत समाजवादीको पषमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4