+
+

दार्चुला घटना : सरकारले भारतलाई पठायो कूटनीतिक नोट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते २१:५८

२१ भदौ, काठमाडौं । सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो । एक मन्त्री भन्छन्, ‘छानविन समितिको प्रतिवेदनअनुसार हामीले कूटनीतिक पहल थालेका हौं ।’

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?