
२२ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ । यस्तै शोभा महतो र राजकिशोर साह आयोगको सदस्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको प्रदेश सरकारले जनाएको छ । आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ ।
नवनियुक्त पदाधिकारीले मंगलबारै कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4