+
+

एमसीसीमार्फत चीनविरुद्ध अखडा जमाउने अमेरिकाको योजना : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २०:३३
बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै चित्रबहादुर केसी

२२ भदौ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिका चीनविरुद्ध नेपालमा अखडा जमाउने योजनामा रहेको दाबी गरेका छन् । आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने योजना असफल बनाउन सबै नागरिक एकजुट हुनुपर्ने उनले बताए ।

एमसीसीको विरोधमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालको हित विपरीत रहेको एमसीसी संसदबाट पास गराउन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रयत्न गरेका तर सफल नभएको उल्लेख गरे । एमसीसी परियोजना संसदबाट पास भए नेपालको कानून निष्प्रभावी हुने र अमेरिकी कानून हाबी भई नेपाल द्वन्द्वमा फस्ने केसीको तर्क छ ।

सभा हुनु अघि बुटवलमा एमसीसीविरुद्व र्‍याली निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?