+
+

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी, ५ मन्त्री र ४ राज्यमन्त्री थपिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १२:०३

२३ भदौ, हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

आजै दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार ९ जना मध्ये पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ गराउन लागिएको हो ।

स्रोतका अनुसार मन्त्रीहरुको नाम पनि टुङ्गो लागिसकेको छ । मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् ।

आज ९ जना मन्त्री थपिएपछि बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ ।

केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?