संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको लघु चलचित्र ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रमा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्र ३२ मिनेट लामो छ ।
यो सिरियलले बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई प्रस्तुत गरेको छ । गहना नभएका कारण माईत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ ।
गहनाले झपक्कै भएर माइत जानुपर्ने, समाजलाई देखाउनुपर्नेे नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउँछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
यो लघु चलचित्रमा नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा छन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रियसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।
प्रतिक्रिया 4