+
+

तालिबानको सरकारमा अमेरिकाको चासो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १३:०५

२३ भदौ, काठमाडौं । अमेरिकाले तालिबानले घोषणा गरेको नयाँ सरकारकबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मंगलबार तालिबानले सबै पुरुष र अमेरिकी सेनामाथिको आक्रमणमा सम्बन्ध भएका मानिससहितको सरकार घोषणा गरेको थियो ।

अमेरिकाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफूहरुले अफगानिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । त्यस्तै यसअघिको इतिहास राम्रो नरहेका मानिस पनि सरकारमा समावेश भएको विषयमा पनि आफूहरुको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले तालिबानलाई उसको भनाइको आधारमा नभई उसको कामको आधारमा मूल्यांकन गर्ने बताएको छ ।

अमेरिकी सेनाले २० वर्षभन्दा लामो समयको युद्ध अन्त्य गर्दै आफ्नो सेना फिर्ता ल्याउने निर्णय गरेसँगै तीन साताअघि अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेको थियो ।

मंगलबार अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानविरुद्धको प्रदर्शनको क्रममा तीनजना मानिसको गोली हानी हत्या गरिएको थियो । त्यस्तै राजधानी सहर काबुलमा पनि मानिसहरुले आफ्नो अधिकारको रक्षाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । काबुलमा पनि तालिबानले प्रदर्शनमा उत्रिएका मानिसहरुलाई तितरबितर पार्न हवाई फायर गरेको थियो ।

तालिबानले यसअघि आफूहरुले समावेशी सरकार बनाउने बताउँदै आएको थियो । तर, मंगलबार गठन गरिएको सरकारमा भने उसले अन्य समूहका मानिसलाई समावेश गरेको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?