+
+

आन्दोलन रोक्न नेपाल एयरलाइन्सका कर्मचारीलाई मन्त्रालयको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १८:४५

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सका कर्मचारीलाई तत्काल आन्दोलन रोक्न अनुरोध गरेको छ ।

कर्मचारी संगठनको आन्दोलनका कारण नेपाल एयरलाइन्सकै कर्मचारीले समेत तलव नपाउने अवस्था आएसँगै मन्त्रालयले बुधबार एक पत्र लेख्दै यस्तो अनुरोध गरेको हो ।

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएसँगै कर्मचारीले आन्दोलन थालेका थिए । उनीहरुले महाप्रवन्धक डीमप्रसाद पौडेललाई कार्यालय प्रवेशमै रोक लगाएका छन् । यसले सञ्चालक समितिको बैठक नै बस्न नसक्दा कर्मचारीको तलव भत्ता रोकिएको भन्दै मन्त्रालयले आन्दोलन रोक्न भनेको हो ।

सरकारको निर्देशन नआएसम्म कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगन

मन्त्रालयले २७ असारमा विज्ञप्ति निकाल्दै प्रस्तावित प्रबन्ध पत्र र नियमावली अन्तिम निर्णय नभएको भन्दै आन्दोलन रोक्न भनेको थियो ।

बुधबार लेखेको पत्रमा समेत मन्त्रालयले प्रस्तावित कम्पनीको प्रवन्धपत्रमा छलफल गर्ने वा सो कामलाई अगाडि बढाउने सम्बन्धमा नेपाल सरकारको अर्को निर्देशन नआएसम्म अहिलेको प्रक्रिया भने स्थगन भएको जनाएको छ । मन्त्रालयले नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने योजना भने नरहेको पुनः दोहोर्‍याएको छ । मन्त्रालयले महाप्रवन्धकलाई निगमको कामकारवाही सूचारु गराउन समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?