+
+
Shares

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १५:०३

२५ भदौ, गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा धर्ना कार्यक्रम गरिएको छ ।

नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति गोरखाले शुक्रवार तीनधारेस्थित कांग्रेस पार्टी कार्यालय अगाडि धर्ना दिएको हो । बिहान १० बजेबाट करीब दुई घण्टा धर्ना दिइएको नेपाल मुस्लिम संघ राष्ट्रिय समितिका सचिव रहमतुल्ला मियाँले बताए ।

‘मुस्लिम समुदायका लागि यसअघि क्षेत्रीय र महाधिवेशन प्रतिनिधिमा छुट्याइएको कोटा हटाएर जनसंख्याको आधार बनाई विभिन्न समुदायको प्रतिनिधित्व कटौती गरेको छ,’ उनले भने, ‘त्यसकै विरोधमा धर्ना कार्यक्रम गरेका हौं ।’ सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग रहेको उनले बताए ।

महाधिवेशनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुस्लिम समुदायबाट महाविधेशन प्रतिनिधि सुनिश्चित हुनुपर्ने र सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ । कांग्रेस गोरखाका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले यस विषयमा केन्द्रमा जानकारी गराउने बताए । ‘हामी केन्द्रमा जानकारी गराउँछौ, सच्चिएर आउँछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?