
२५ भदौ, काठमडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक चलिरहेकाले एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको हो ।
बैठक दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको थियो । तर बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
४–६ असोजमा बोलाइएको विधान महाधिवेशनको तयारी गर्न स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक पछि २७ भदौमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4