+
+

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति घटेका बेला गभर्नरले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १८:२९

२६ भदौ, काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार राजीनामा दिएका छन् । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । १० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मंगलबारदेखि पदबाट हट्ने बताएका छन् ।

लक्ष्मणले राष्ट्रपति गोताबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए ।

उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू आएका छन्, केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणतया, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’ पछिल्लो समय विदेशी विनिमय संकट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।

वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिएका हुन् । अधिकांश निजी बैंकले आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको घोषणा गरेका थिए ।

पछिल्ला दिन श्रीलंकाका प्रमुख शहरमा चिनी र चामल किन्न दैनिक उपभोग्य पसलमा सर्वसाधारणको लामो लाइन देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितीका लागि गाडी, खाना पकाउने केही तेल, मसला र अन्य सामान आयातमा रोक लगाइसकेको छ । बिहीबार केन्द्रीय बैंकले मोबाइल फोन, उपभोग्य वस्तु, टायर र लत्ताकपडाको आयातका लागि ऋण नदिने नियम ल्याएको छ ।

श्रीलंकामा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन क्षेत्र कोरोना महामारीले प्रभावित भएपछि श्रीलंकाको अर्थतन्त्र ३.६ प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कले देखाएअनुसार जुलाइको अन्तमा विदेशी मुद्राको सञ्चिती २.८ अर्ब अमेरिकी डलरमा झरेको छ ।–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?