+
+

शेयर बजारमा सुधार, कुन कम्पनीले कमाए ? कुनले गुमाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १५:१३

२७ भदौ, काठमाडौं । साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हाे ।

परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ ।

काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ । दिनभर भएका ९६ हजार ५ सय ९१ कारोबारबाट १ करोड ७१ लाख कित्ता भन्दा धेरै शेयर किनबेच भएका छन. ।

जसबाट शेयर कारोबार रकम ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ पुगेको हो । नेप्से परिसूचकमा आएको सुधारले शेयर बजारको पुँजीकरणमा पनि सकारात्मक असर परेको छ ।

यस अघि ४० खर्ब भन्दा तल रहेको बजार पुँजीकरण आइतबार बढेर ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

हाइड्रोमा बहार

नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु मध्ये म्युचुअल फण्ड समूह झिनो अंकले घटेको छ । अर्थात म्युचुअल फण्डका लगानीकर्ताहरुले गुमाएका छन् । बाँकी सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् ।

सबैभन्दा धेरै जलविद्युत् कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ । समूह्गत सबइन्डेक्स पनि सबैभन्दा धेरै यो समूहको ६ दशमलव ३७ प्रतिशतले बढेको छ । त्यसपछि उत्पादनमूलक समूह र फाइनान्स समूह ४ प्रतिशत भन्दा बढीले बढेको छ ।

बैंकिङ २४ दशमलव २ अंकले बढ्दा व्यापार ४२ र होटल तथा पर्यटन ७७.४८ अंकले बढको छ । यसैगरी विकास बैंक २७३ दशमलव ५२, निर्जिवन बीमा समूह ४२४ दशमलव ७७ र अन्य समूह १८.२२ अंकले बढेका छन् ।

हेर्नुस् धेरै कमाउने र गुमाउने कम्पनीहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?