+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कमल थापा र पशुपति शमसेरले एउटै मञ्चबाट भने : अब राप्रपा फुट्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:२२
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षद्वय कमल थापा र पशुपति समशेर जबराले अब राप्रपा कहिल्यै नफुट्ने बताएका छन् ।

राप्रपाको जिल्ला कार्यसमिति, भक्तपुरले आइतबार आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै थापा र जबराले सो कुरा बताएका हुन् ।

थापाले कम्युनिष्ट र कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपालाई कहिल्यै नफुटाउने अठोटका साथ आफूहरु अघि बढेको बताए ।

अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौं, कम्युनिष्ट र कांग्रेसभन्दा फरक पहिचान बनाउन लागिपरेका छौं ।’

अर्का अध्यक्ष जबराले भने, ‘अब पार्टी फुट्ने छैन साथीहरु, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो ।’ नेपालका ठूला पार्टीबाट नेपाली जनताले मुक्ति खोजेको बताउँदै जबराले अब राप्रपाले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे ।

कार्यक्रम अध्यक्ष थापाले पार्टीको केन्द्रीय महाधिवेशन आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा हुने र पहिलेजस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?