+
+

लुम्बिनीका मुख्यमन्त्रीका स्वकीय सचिवको नियुक्तिमा थैव परिवारको आपत्ति

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ २८ गते १३:२६

२८ भदौ,बुटवल । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकीय सचिवमा सुजित विकलाई नियुक्त गरिएकोप्रति बुटवलको प्रचण्ड थैव परिवारले आपत्ति जनाएको छ ।

स्वर्गीय थैवको परिवारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो छोराको हत्यामा संलग्न व्यक्तिलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएको भन्दै आपत्ति जनाएको हो ।

२०६५ सालमा तत्कालीन वाइसीएल रुपन्देहीका अध्यक्ष विक एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा जेल सजायँ भोगेर हालै मात्र रिहा भएका थिए ।

विकलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाउँदा परिवारमा पुरानो घाउ बल्झिएको र मानसिक पीडा थपिएको आमा सुकन्या थैवले बताइन् । उनले आफूहरुले फेरि असुरक्षा महसुस गरेको दावी गरिन् । उनले विकको नियुक्तिमा नेकपा एमाले मौन रहनु पनि आश्चर्यजनक भएको बताइन् ।

स्वर्गीय थैवकी श्रीमती लक्ष्मीले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु निन्दनीय र लज्जाको विषय भएको बताइन् । ‘हत्या केसमा जेल परेको मान्छेलाई स्वकीय सचिव बनाउन मुख्यमन्त्रीलाई लाज लाग्नुपर्ने हो,’ लक्ष्मीले भनिन्, ‘विकलाई यहाँ मुख्यमन्त्रीसँगै राख्दा हामीलाई मानसिक पीडा हुन्छ ।’

स्वर्गीय थैवसँग नजिकको सम्बन्ध रहेका कांगे्रस कार्यकर्ता हरी क्षेत्रीले विकलाई स्वकीय सचिव पदमा गरिएको नियुक्ति पुनर्विचार गर्न आफूहरुले पार्टी र गठबन्धनमा आवद्ध दललाई सुझाव दिने बताए ।

मुख्यमन्त्रीका स्वकीय सचिव विकले भने आफू घटनामा संलग्न नहुँदानहुँदै पनि राजनीतिक प्रतिशोधका आधारमा फसाइएको र अदालतले तोकेको जेल सजाय समेत भुक्तान गरिसकेको अवस्थामा पुनः यो विषयलाई उठाउनुले आफूमाथि अन्याय भएको दावी गरे । ‘यो फेरि पनि राजनीतिक प्रतिशोध हो, कानून बाहिर गएर पुरानो कुरा कोट्याएर माओवादी केन्द्रलाई बदनाम गर्ने नियोजित षडयन्त्र हो,’ विकले भने ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?