+
+

प्रिमियर लिगमा सलाहको १०० गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:४६
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले प्रिमियर लिगमा आफ्नो एक सय गोल पूरा गरेका छन् । लिड्स युनाइटेडलाई ३–० गोलले हराउने क्रममा एक गोल गरेका सलाहले १०० गोल पूरा गरेका हुन् ।

यससँगै इजिप्टका सलाह प्रिमियर लिगमा एक सय गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन् । उनले लिभरपुलका लागि ९८ र चेल्सीका लागि दुई गोल गरेका छन् ।

प्रिमियर लिगमा डिडियर ड्रोग्बाले १०४ गोल गरेका थिए ।

लिगमा सलाहको तथ्यांक निकै प्रभावशाली देखिन्छ । उनले प्रिमियर लिगको १६३ खेलमा एक सय गोलका साथै ३६ एसिस्ट गरेका छन् । एकपटक प्लेयर अफ द सिजन बनेका उनले दुई गोल्डेन बुट जितेका छन् ।

लिड्स युनाइटेडसँगको खेलमा पहिलो गोल सलाहले नै गरेका थिए भने दोस्रो हाफमा ब्राजिलका मिडफिल्डर फाबिन्होले गोल गर्दै आग्रता दोब्बर पारेका थिए । खेलको इन्ज्युरी टाइममा साडियो मानेले लिभरपुलका लागि अर्को गोल थपेका थिए ।

यो खेलमा हार्भी एलियट भने घाइते भएका छन् । लिड्स युनाइटेडका खेलाडीको प्रहारबाट उनको गोलीगाँठोमा गम्भीर चोट लागेको बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?